निर्माणाधिन विकासका योजनाहरु:

१. मौलकालिका मन्दिरको गुरुयोजना ग्रामिण क्षेत्र अनुसार नेपाल सरकारको केही आर्थिक अनुदान सहयोग र सडक दायाँ–बायाँका उपभोक्ताहरु, मौलाकालिका भगवतीका अनन्न्य भक्तजनहरु संघ संस्था उद्योग व्यवसायको आर्थिक सहयोगमा गैंडाकोट–२, पुलचोक राजमार्ग देखि मौलाकालिका फेदी प्रवेशद्वार सम्मको मौलाकालिका सडक व्यवस्थित गरी कालोपत्रे गर्ने कार्य शुरु भई सकेको छ ।

२. मौलाकालिका प्राङ्गणमा स्वदेश र विदेश स्थित, धार्मिक भक्तजनहरको आर्थिक अनुदान सहयोगमा करिब ५८ हजार लिटर क्षमताको भूमिगत खानेपानी टयाङ्की निर्माण कार्य सम्पन्न भैसकेको छ ।

३. मौलाकालिका मन्दिरमा, विद्युतीय शक्तिद्वारा खानेपानी आपूर्ति गर्न र मन्दिर परिसर एवम् बाटोमा बिजुली–बत्तिको लागि नेपाल सरकारको पूर्ण अनुदान सहयोगमा सिढिमार्गको बाटो हूँदै "थ्रि फेस" लाईन द्वारा विद्युतीकरण गरी मन्दिर परिसरमा ट्रान्स्मिटर समेत जडान गरी निर्माणकार्य सम्पन्न भैसकेको छ ।

४. भक्तजनहरुको आर्थिक अनुदान सहयोग र मन्दिरको बचत रकम बाट मन्दिर परिसरमा पुजारी निवास गृह तथा मौलाकालिका बहुउद्देश्यीय भवन र आँगन विस्तार निर्माण कार्य सम्पन्न भैसकेको छ ।

५. मन्दिर परिसरबाट भक्तजनहरु एवम् पर्यटकहरु समेत लाई सुविधाको लागि श्री देवघाट क्षेत्र विकास समितिको आर्थिक लगानी र सक्रियतामा दृश्यावलोकन टावरको निर्माण कार्य शुरु भई हाल निर्माणधिन अवस्थामा रोकिएको छ ।

६. मौलाकालिका मन्दिर को हवनकुण्ड व्यवस्थित गर्ने कार्य शुरु गरिएको छ ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.