महत–विसौनी

मौलाकालिका मन्दिर प्रवेशद्वार देखि करिब १२५० मिटर लामो, सिढीमार्गको बाटो हूँदै अन्तीम धरम उकाली चढे पछि सुन्दर रमणीय वातावरण सुविधाले यूक्त डाडाँमा आईपुगे पछि , भक्तजनहरुको थकाई मेटिन्छ , पसिना ओभाउछन् आनन्द मुद्रामा केही समय विश्राम गर्दछन् । यस क्षेत्रमा २०५७ सालमा धार्मिक भावनाले उत्प्रेरित भई, मौलाकालिका क्षेत्रलाई कसरी विकसित गराउन सकिन्छ भनी चिन्तन मनन गरी, मौलाकालिका भगवतीको पूजा पाठ दर्शन गर्न आउने अपार धार्मिक पर्यटक एवम् भक्तजनहरुलाई सुविधा मिलोस भन्ने हेतुले तत्कालिन वरिष्ट प्रहरी उपरीक्षक तथा धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरका प्रमुख सल्लाहकार श्री ज्ञानेन्द्रविक्रम महतज्यू को निजी लागानीबाट पिता–माताको स्मृतिमा कलात्मक गोल आकारमा पक्की "हरि–तुलसी–पार्वती विश्रामगृह" निर्माण भयो । उहाँबाट वरी–परि पूmल–बगैचा, परिसरमा कलात्मक नौलो आकारमा "रत्न चौतारी" निर्माण गरी वर–पिपल–स्वामी सारिएको छ । परिसरमा पक्की शौचालय समेत निर्माण भएको छ । उहाँको सक्रियतामा भक्तजनहरुबाट खानेपानी विस्तार गरिएको छ । चमेना गृहहरु निर्माण भई सञ्चालन भएका छन् । उहाँको प्रेरणाले वर्तमान प्यागोडा शैलीको मन्दिर निर्माण भएको थियो । सिढीमार्ग, समितिको कार्यालय, कालिका सत्कारगृह, अतिथि तथा भजन कीर्तनगृह, अतिथि विश्रामगृह, हवनकुण्ड, थ्रिफेस विद्युतलाईन को साथै, मन्दिरको प्रचार–प्रसार बढोस् भन्ने हेतुले विभिन्न सांस्कृतिक कार्यक्रम, पत्रकार सम्मेलन विशिष्ट (रामदेव स्वामी जस्ता) व्याक्तित्वहरु लाई मन्दिरमा आमन्त्रण गरी ल्याउनु भएको छ ।

त्यसै गरी विभिन्न भौतिक संरचनाहरु निर्माण कार्यको लागि स्वदेश तथा विदेशबाट पनि अहिलेको अवस्था सम्म करिब ५८ लाख भन्दा धेरै आर्थिक सहयोग जुटाई दिने व्यवस्था गर्नु भएको छ । एउटा प्रहरी र जनताको सहकार्यमा ठूला–ठूला विकास निर्माण कार्यहरु भएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा मन्दिरको पहिचान गराउने कार्यमा समेत निश्वार्थ सेवाको भावनाले ठूलो भूमिका निर्वाह गरी अतिविशिष्ट योगदान पु¥याउनु भएको छ । उहाँले २०५१ साल देखि गरेको अविस्मरणीय योगदानको सम्मान स्वरुप, मौलाकालिका महोत्सव रजत वर्ष २०६१ को पवन अवसरमा, उल्लेख्य भौतिक संरचनाहरु भएको डाँडालाई "महत–विसौनी" नामाकरण गरी समितिको तर्पmबाट पक्की स्तम्भ निर्माण गरी शङ्गमरमर शिलामा महत विसौनी अङ्कीत गरी सम्मान पूर्वक शिला स्तम्भ राखिएको छ । उहाँका परिवार प्रति धार्मिक सेवा समिति, मौलाकालिका मन्दिर आभार व्यक्त गर्न चाहन्छ ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.