कच्ची बाटोमा, सिढीमार्ग निर्माण तथा सुविधाहरु:

२०३८ साल पहिला मौलाकालिका मन्दिर जान त्यति सजिलो बाटो थिएन । स्थानिय बसिन्दाहरु घास दाउरा तथा गाई वस्तु भेडा बाख्रा चराउन जाने ठाडो उकालो, सिरुखर, काँडाहरुको झाडी पन्छाएर हिड्नु पथ्र्यो । त्यस पछि स्थानिय बासिन्दाहरुको श्रमदान सहायेग बाट डाडो पाखो खनेर व्यवस्थित रुपमा केही फराकिलो, सजिलो कच्ची बाटो खन्ने बनाउने काम भयो । २०५५ साल पछि धार्मिक सेवा समितिको सक्रियतामा नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको केही अनुदान सहयोग, श्रद्धालु भक्तजनहरुबाट आर्थिक अनुदान सहयोग एवम् नेपाल प्रहरी मध्य क्षेत्र प्रहरी तालिम केन्द्र परिवार भरतपुर चितवन, नेपाली सेना पशुपति प्रसाद गण परिवार, भरतपुर व्यारेक बाट समेत निश्वार्थ सेवाको भावनाले श्रमदान सहयोगमा छपनी ढुङ्गा ढूवानी गरी २ मि। चौडाईमा छपनी ढुङ्गा विछाई करिब २ कि।मि। उकालोमा १८८२ बटा सिढी भएको, सिढीमार्ग निर्माण कार्य पुरा गरी २०६१ साल माघ ९ गते मौलाकालिका महोत्सव ९रजत वर्ष ०६१।०६२० को पावन पर्वमा, तत्कालीन प्रहरी नायव महाँनिरिक्षक तथा मन्दिरका प्रमुख सल्लाहकार श्री ज्ञानेन्द्र विक्रम महतज्यू बाट समुद्घाटन गरी सु–सम्पन्न भएको थियो ।

सिढीमार्ग निर्माण कार्य शुरु स्थल बाघखोरमा भक्तजनको निजी सहयोगमा प्रवेशद्वार बनेको छ । निजी सहयोगमा मन्दिर सम्म सिढीमार्गको बायाँ–छेउमा पाईप रेलिङ्ग राखिएको छ । ठाउँ ठाउँमा खानेपानीका धाराहरु, वर–पिपल–स्वामी सहितका चौतारीहरु, प्रतिक्षालय तथा विश्राम गृहहरु, चमेनागृहहरु, फूप्रसादी धजामालाका पसलहरु समेतको सुविधाले यूक्त सिढीमार्गको अन्त्य तथा मन्दिर परिसरमा भक्तजनको निजी सहयोगबाट कलात्मक स्वागतद्वार निर्माण भएको छ । देउराली देवीको खुला मन्दिर माथी डवल सिढीमार्ग बनेको छ । त्यसको बीचमा पूmल बाटिकाहरु निर्माण गरी धुपीका विरुवाहरु सारिएका छन् भने बाटाको छेउमा कोणधारी अशोक विरुवाहरु हुर्की सकेका छन् ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.