मन्दिर परिसरमा आवश्यक सुविधाहरु:

२०४२ साल पहिला, मन्दिर भित्र दुइ–तिन जना मात्र बसेर पूजागर्न सक्ने सानोमन्दिर थियो । अन्य भौतिक संरचनाहरु केही थिएनन् । बडादशैं र चैत्रदशैंमा पूजागर्न जादाँ छातासरह पैmलिएका डुमराहीका बुटामुनि बसेर रात विताउनु पथ्र्यो । देउराली भन्ज्याङ्ग तल ऐतिहासिक कुवा बाट खानेपानी बोकेर लैजानु पथ्र्यो । मन्दिर भएको स्थल साँगुरो थुम्को थियो, वरिपरि घना वन–जङ्गल थियो ।

तर वर्तमान अवस्थामा धेरै भक्तजनहरुले सामूहिक रुपमा पूजा गर्न सक्ने मन्दिर बनेको छ । दुइ जना आवासिय पुजारीहरु छन् । आवासको लागि चार वटा पक्की घरहरु बनेका छन् । १.अतिथि तथा भजन–कीर्तन गृह, २.कालिकासत्कार गृह, ३.अतिथि विश्राम गृह ४. सामुहिक विश्राम गृह, उक्त घरहरुमा स्नान तथा शौचालय जोडिएका केही कोठाहरु छन् । कुनै कोठाहरुमा ५०–६० जना सम्म सुत्न मिल्ने छन् । निर्माणाधिन अवस्थामा पुजारी निवास तथा समितिको शाखा कार्यालय भवन निर्माण भैरहेको छ । उल्लेखित कोठाहरुमा कपडा फर्निचरको व्यवस्था छ । मन्दिर परिसरमा प्रशस्त रुपमा खानेपानीको व्यवस्था छ । विजुली बत्तिको व्यवस्था छ । टेलीफोनको सुविधा छ । केही छिन विश्रामको लागि काठलेबनेका दुइ बटा सत्तलहरु छन् । भजन–कीर्तन हल कोठा रहेको छ । मौलाकालिका मन्दिरमा करिब १५० जना सम्म भक्तजनहरु बास बस्न सक्ने व्यवस्था भई सकेको छ । चिया चमेना खाना खानको लागि होटलको व्यवस्था छ । पूजा सामान पूmल प्रसादीको लागि पसल घरहरुको व्यवस्था छ । यज्ञ–यज्ञादी सप्ताहको लागि सप्ताह मन्दिर छ, पक्की हवनकुण्डको व्यवस्था छ । प्रसादी तथा भोजन बनाउने आवश्यक भाँडाहरुको व्यवस्था छ । आमन्त्रीत धार्मिक तथा पर्यटकीय पाहुनाहरुलाई समितद्वारा भोजनको व्यवस्था हुने र अन्य भक्तजनहरुलाई अडर अनुसार होटलमा व्यवस्था हुने छ । मन्दिर आउन इच्छुक भक्तजनहरको लागि हेलीप्याड निर्माण कार्य सम्पन्न भै सकेको छ ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.