मन्दिरको सम्पत्ति तथा आयश्रोत:

मौलाकालिका मन्दिरको नाममा कुनै किसिमको स्थायी सम्पत्तिको रुपमा गुठी जग्गा, जमिन केही छैन, नेपाल सरकार जिल्ला वन कार्यालय, नवलपरासी बाट धार्मिक वनको रुपमा १८ हेक्टर वन जङ्गल हस्तान्तर गरेको छ । अन्य सम्पत्ति भनेको मन्दिरका शुभ चिन्तक श्रद्धेय भक्तजनहरु नेपाल सरकार, विभिन्न संघ संस्था, सञ्चार माध्यम एवम् नेपाल प्रहरी, नेपाली सेनाको बौद्धिक आर्थिक श्रमदान सहयोग एवम् समितिको मुख्य कार्यालय बाघखोर तथा प्रवेशद्वार माथी सिढीमार्ग बाटो परिसरमा र मन्दिर परिसरमा निर्माण भएका सम्पूर्ण भौतिक संरचनाहरुको साथै त्यसबाट उठेको मसिक भाडा रकम, भक्तजनहरुले मन्दिर भित्र पाउँमा चढाएको जिन्सी नगदी, दानपेटीमा चढाएको सहयोग रकम, परेवा विक्रीबाट, मन्दिरमा चढेको जिन्सी चामल बिक्री, आजीवन सदस्यता शुल्क, अक्षयकोष मुद्दती खाताबाट प्राप्त हुने ब्याज, विकास निर्माणको लागि नेपाल सरकार जि.वि.स., गा.वि.स., देवघाट क्षेत्रविकास समिति बाट श्रद्धेयदाता भक्तजनहरुले प्रदान गरिएको आर्थिक सहयोग म।क्षे।प्र।तालिम केन्द्र भरतपुरको श्रमदान सहयोग आदि बाट प्राप्त हुने सहयोग नै मन्दिरको आय स्रोत बनेको छ ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.