वर्तमान मन्दिरको आवश्यकता र निर्माण

आवश्यकताको परिपूर्ति हुनै पर्दोरहेछ । आज देखेका र बनेका संरचनाहरु सधै त्यस्तै रहलान् भन्न पनि सकिदो रहेन छ । २०३२ सालमा निर्माण भएको सानो कच्ची मन्दिर २०४१ सालमा वर्षाको कारणले भत्के पछि २०४२ सालमा जन सहभागी द्वारा पुन: अर्को सानो मन्दिर निर्माण भयो । भक्तजनहरुको अत्याधिक भिड हुने गरेको कारणले उक्त मन्दिरको पूजाकोठा पनि साँघुरो हुन गयो । २०५१ सालको बडादशैंमा तत्कालिन प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्र विक्रम महतजी पूजा पाठ दर्शनको लागि मन्दिरमा आउनुभएको रहेछ । पूजा अर्चना एवम् दर्शन गर्न, मन्दिर बाहिर लामो लाइनमा बसेका अपार भक्तजनहरुलाई देखेपछि, समितिलाई सङ्केत गर्दै, फराकिलो पूजा कोठा भएको ठूलो मन्दिर बनाउनु पर्ने सल्लाह दिनुभयो । आफूले पनि सक्दो सहयोग गर्ने र मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुर चितवनमा, भएको जनशक्ति द्वारा निर्माण सामाग्री ढूवानीको व्यवस्था मिलाउन सकिन्छकि भन्ने आश्वासन दिनुभयो ।

समितिबाट वर्तमान प्यागोडा शैलीमा मौलाकालिका मन्दिर निर्माण गर्न निश्चित भए पछि एैं कार्तिक २ गते “घरदैलो कार्यक्रम” लिएर म।क्षे।प्र।तालिम केन्द, भरतपुर, चितवनमा समितिका पदाधिकारी पुगे, महतजी सङ्ग भेट भयो । उहाँले तत्काल व्याक्तिगत रुपमा श्रद्धापूर्वक एक ट्रक ईटा सहयोग गर्नु भई उक्त इटा म.क्षे.प्र.तालिम केन्द्रको श्रमदान सहयोगमा मन्दिर पुरयाइ दिने आश्वासन पनि दिनुभयो । एैं कार्तिक ७ गते विहान तत्कालिन समादेश महतज्यू बाट २ ईटा लगायत अन्य ६५१ जना प्रहरी अधिकृत तथा प्रहरी जवनाहरको श्रमदान सहयोगमा एक ट्रक ईटा मन्दिर निर्माण स्थलमा पुगेका थिए । उहाँको कार्यकाल पछि म।क्षे।प्र।तालिम केन्द्रबाट आजको दिन सम्म निरन्तर रुपमा श्रमदान सहयोग प्राप्त भई रहेकोछ । २०५२ साल जेष्ठ २७ गते गैंडाकोट–१ निवासी ८७ वर्षीय बयोवृद्ध श्री प्रतिमान पौडेलज्यू बाट वर्तमान मन्दिरको शिलान्यास भएको थियो । उक्त मन्दिर निर्माण कार्य सम्पन्न गर्न श्रमदान सहयोगलाई नगदीमा परिणत गरेको रकम सहित रु।१४,०९,९४५।– रुपयाँ लागत खर्च मध्ये तत्कालिन समितिको सक्रियतामा, श्रद्धालु संघ संस्था भक्तजनहरुबाट र महतजीको सक्रियतामा उक्त रकम सङ्कलन भएको थियो । यसै गरी नेपाली सेना पशुपतिप्रसाद गण परिवार भरतपुर व्यारेक बाट पनि ढूवानी कार्यमा श्रमदान सहयोग प्राप्त भएको थियो, मन्दिर निर्माण कार्य सम्पन्न भएपछि २०५३ साल चैत्र २६ गते मङ्गलबार विहान १० बजे चैत्र दशैंको पावन अवसरमा मन्दिर निर्माण कार्यका अभिप्ररेक को योगदानलाई कदर गरी तत्कालिन प्रहरी उपरीक्षक तथा हालका पूर्व प्रहरी नायब महानिरिक्षक श्री ज्ञानेन्द्रविक्रम महतज्यूबाट कालिका भगवती, महाँलक्ष्मी, महाँ सरस्वती, शिवजी र गणेश भगवानका मूर्तिहरुको प्राण प्रतिष्ठा, एवम् पूजा गरी भव्य समारोह बीच मौलाकालिका मन्दिरको समुद्घाटन सु–सम्पन्न भएको थियो ।

अन्य मठ मन्दिरहरु:

सिद्धि गणेश तथा मौलाकालिका मन्दिर “प्रवेश–द्वार” भित्र करिब ५० मिटर माथी श्री सिद्धि विनायक गणेश भगवानको मन्दिर छ । परिसरमा भगवान श्री राधा कृष्णको भव्य मन्दिर पनि छ । सर्व प्रथम गणेश भगवान र कृष्ण भगवानको मन्दिरमा पूजा गरेर भक्तजनहरु मौलाकालिका मन्दिर मा आउने गर्दछन् । धार्मिक मान्यता अनुसार पहिला गणेश भगवान्को पूजा गर्नु पर्छ । मौलाकालिका मन्दिर केही तल देउराली भन्ज्याङ्गमा अवस्थित देउराली देवीको खुला मन्दिर छ जहाँ देवीको पूजा हुन्छ । तेहाँबाट करिब ३०० मिटर माथि टाकुरोमा मौलाकालिका मन्दिर रहेको छ । मन्दिर वरीपरि हवनकुण्ड अन्उ मठ घण्टी, सिंहजोडीका मूर्तिहरु स्थापित भएका छन् ।

मन्दिर प्राङ्गणबाट दृश्यावलोकन :

मन्दिर प्राङ्गणबाट उत्तर पूर्व प्रसिद्ध तीर्थस्थल देवघाट धाम र कालि गण्डकी, त्रिशुली, नदीको साथै पर्वतीय श्रीङ्खला, डाँडा भन्ज्याङ्ग, भिर–पाखाहरु, हिम शिखर लगायत सुन्दर मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । दक्षिण तफर् नारायणी नदी अविरल रुपमा बगेको र राष्ट्रिय निकुञ्जको पूरै क्षेत्र तथा त्याहा स्थित पर्यटकीय स्थल सौराहा, टाईगर टप आदि स्थलहरुको साथै चितवन जिल्ला र गैंडाकोट गा.वि.स. को समतलीय क्षेत्रको ९३० दृश्यावलोकन गरेर धार्मिक तथा बाह्य पर्यटकहरु आनन्दीत हुन्छन् । मन्दिरको उत्तर पश्चिमको घना जङ्गलमा चितुवा, मृग, हरिण, बनेल, स्याल, बादर, खरायो, दुम्सी आदि जनावर लगायत मयूर आदि चरा चुरुङ्गीहरु पाइन्छन् ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.