कृष्ण जन्मअष्टमी

धार्मिक सेवा समिति, मौलाकालिका मन्दिर द्वारा २०३७ साल देखि निरन्तर रुपमा श्री कृष्ण जन्मअष्टमीका दिन कृष्ण भगवानको पूजा–पाठ र अखण्ड हरिकिर्तन गरी मनाउँदै आएको र यस वर्ष पनि गैंडाकोट वडा नं. १ बाघखोर, स्थित श्री राधा–कृष्ण मन्दिरमा, यही २०७० साल भाद्र १२ गते बुधबार विहान ८ बजे देखि भोली पल्ट विहान ८ बजे सम्म, भगवान श्री कृष्ण को भव्य पूजा–पाठ र २४ घण्टा अखण्ड हरिकिर्तन गर्ने कार्यक्रम भएकोले, उक्त धार्मिक कार्यमा सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य, विशिष्ट, वरिष्ठ सहयोगी, शुभचिन्तक, भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

अध्यक्ष
धार्मिक सेवा समिति, मौलाकालिका मन्दिर
गैँडाकोट–१, नवलपरासी

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.